२०८२ माघ ११ गते आइतवार
काठमाडौं । जेनजी आन्दोलनमा पेस्तोलसहित देखिएको भनिएका युवक प्रहरी कार्यालय पुगेका छन्।
आइतबार उनी सुरुमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकू पुगेका थिए। टेकुले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको एसएसपी रमेश बस्नेतले जानकारी दिए।
प्रहरी कार्यालय पुगेका तेन्जेन दावाले आफू टीओबीको सदस्य भएको समेत स्वीकार गरेका छन्। तर उनले उक्त पेस्तोलसहित देखिएको फोटो भने पूरानो भएको दाबी गरेका छन्।
‘भिडिओमा देखिएको व्यक्ति आफू भएको स्वीकार गरे पनि उसले घटना पहिलेको भनेको छ। हामी थप अनुसन्धान गर्दैछौँ। भिडिओ फोटोहरू सार्वजनिक भएपछि आफैँ प्रहरीको सम्पर्कमा आएको हो’, परिसरका प्रहरी अधिकारीले भने।
भदौ २३ र २४ गतेको आन्दोलन भड्काउन टीओबी लेखेको टिसर्ट लगाउने समूहको भूमिका रहेको भन्दै तस्बिर भिडिओहरु सार्वजनिक भएका छन्। उक्त समूहमाथि प्रहरीले निगरानी बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij