Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

भीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

भीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता


  • 1.6K
    Shares

    भीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

    काठमाडौं । भीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

    मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्नेबारे गृहमन्त्रीस्तरीय निर्णय भएको थियो भने नेतालगायत भीआईपी सुरक्षा पाउने व्यक्तिहरुका सुरक्षाकर्मी फिर्ताको काम सुरु भएको थियो ।

    गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार अहिलेसम्मको विवरण अनुसार २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । जसमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरीका ७४ जना भएका छन् ।

    पूर्वप्रधानमन्त्रीहरुलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी सुरक्षा दिइने विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेख रहेको छ ।

    अन्य पूर्वविशिष्ट व्यक्ति तथा बहालवाला विशिष्ट व्यक्तिहरुले मापदण्ड विपरित राखेका सुरक्षाकर्मी समेत गरेर २७१ जनालाई फिर्ता गरिएको छ ।

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १६:०४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij