Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह

मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह


  • 848
    Shares

    मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह

    काठमाडौं ।  सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा सही सवारी चलाउन आग्रह गरेको छ । 

    आइतबार एक सूचना जारी गर्दै तुइन खोला नजिकैको पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन कायम गर्न आग्रह गरेको हो । 

    डिभिजनले सूचनामा भनेको छ,‘मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिकै यो वर्ष सबैभन्दा बढी दुःख दिएको पहिरोको स्थान हालको अवस्था । पहिरोको जोखिम कायमै रहेकाले कृपया लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ ।’

    यो वर्षको चाडपर्वको मुखमा पटक–पटक पहिरो जाँदा उक्त सडकमा यात्रुहरूले निकै सास्ती भोग्नु परेको थियो ।

    पहिरो पन्छाएर सञ्चालनमा ल्याएपछि अलि अवस्था सामान्य रहेको छ । हाल उक्त स्थानमा दुई तर्फी यातायात सञ्चालनमा रहेको छ ।

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १४:५२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij