Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो जाहेरी, २४ घण्टाभित्र पक्राउको माग

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो जाहेरी, २४ घण्टाभित्र पक्राउको माग


  • 519
    Shares

    बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो जाहेरी, २४ घण्टाभित्र पक्राउको माग
    images

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपालका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ।  

    भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएको, विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उचालेको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको र सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोपमा शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं किटानीजाहेरी दिएको छ। 
     
    नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले जाहेरी दिएका छन् भने २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूको माग गरेको छन्। 

    यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि मेयर साह र सुदन गुरूङविरूझ उजुरी दिएको थियो।

    b1.jpg

    b2.jpg

    b3.jpg

     

     

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १३:२०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij