Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

घाँटी रेटेर युवाको हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्तहरू

घाँटी रेटेर युवाको हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्तहरू


  • 750
    Shares

    घाँटी रेटेर युवाको हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्तहरू

    काठमाडौं । कैलालीको घोडाघोडीमा एक युवकको आततायी हिसाबले हत्या गरेपछि अभियुक्तहरु टाउको बोकेर प्रहरी कार्यालय पुगेका छन्।

    आपसी विवादका क्रममा घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरेका अभियुक्त प्रहरी कार्यालय पुगेका हुन्। 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेका थिए।

    धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि।क। र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए। 

    मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए। सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए।

    प्रकाशित मिति :आश्विन २५ २०८२ शनिवार - ०८:५५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij