Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

त्रिविको जग्गा तथा सम्पत्ति प्रतिवेदन सार्वजनिक गर्ने शिक्षा मन्त्रीको घोषणा

त्रिविको जग्गा तथा सम्पत्ति प्रतिवेदन सार्वजनिक गर्ने शिक्षा मन्त्रीको घोषणा


  • 1.2K
    Shares

    त्रिविको जग्गा तथा सम्पत्ति प्रतिवेदन सार्वजनिक गर्ने  शिक्षा मन्त्रीको घोषणा

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।

    मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक गरिएको थिएन ।

    जग्गा छानबिन तथा खोजबिन समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा वर्षौँदेखि भोग चलनबाहिर रहेको पत्ता लगाएको थियो।

    केन्द्रीय कार्यालय मातहत ३७ सय रोपनी जग्गा हुनुपर्ने त्रिविको दाबी छ। त्यसमध्ये १४ सय रोपनी अतिक्रमणमा परेको अनुमान छ। बल्खु क्षेत्रको करिब १ हजार रोपनी संकुचित भएको र राजदरबारबाट प्राप्त लुभुको ३७५ रोपनी र पुल्चोक आसपासको २१ रोपनी जग्गा पनि हिनामिना भएको समितिको निष्कर्ष रहेको छ।

    त्यसैगरी मन्त्री पुनले नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अतिआवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय भएको जानकारी दिएका छन् ।

     

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १४:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij