Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

टिकटक भिडियो बनाउन खोलामा हामफाल्दा बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो

टिकटक भिडियो बनाउन खोलामा हामफाल्दा बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो


  • 1.5K
    Shares

    टिकटक भिडियो बनाउन खोलामा हामफाल्दा बेपत्ता भएका युवकको शव  ६ दिनपछि भेटियो

    काठमाडौं । टिकटक भिडियो बनाउन भन्दै खोलामा हामफालेका बारा प्रसौनी-२ का २१ वर्षीय बिक्की गोसाईंको शव शुक्रबार बिहान फेला परेको छ। बेपत्ता भएको ६ दिनपछि बाराको फेटा गाउँपालिका-१ त्रिवेणी खोलामा गोसाईंको शव भेटिएको हो।

    उनी असोज १९ गते बेपत्ता भएका थिए। टिकटक भिडियो बनाउन भन्दै अर्का एक युवकसँग गोसाईं प्रसौनी-२ स्थित दुधौरा खोलामा हामफालेका थिए। अर्का युवक पौडेर निस्किए पनि गोसाईं भने बेपत्ता भएपछि खोजी भइरहेको थियो।

    युवकको शवलाई खोलाको बगरमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उक्त शव गोसाईको भएको खुलेको पण्डितले बताए।

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १२:४७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij