Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आज पनि शेयर बजार रात्ताम्मे, पाैने ६ अर्बकाे काराेबार

आज पनि शेयर बजार रात्ताम्मे, पाैने ६ अर्बकाे काराेबार


  • 505
    Shares

    आज पनि शेयर बजार रात्ताम्मे, पाैने ६ अर्बकाे काराेबार
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजार रात्ताम्मे भएर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २,५५९ को विन्दुमा कायम भएको छ । 

    आज १८ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३२ कम्पनीको शेयर मूल्य घटेको छ भने आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    सबै समुहको सेयर घटेकोमा यसदिन फाइनान्स समुह सर्वाधिक ३.०९ र होटल तथा पर्यटन ३.०२ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत २.३४, विकास बैंक २.२८ र निर्जीवन बीमा समुहको सेयर मूल्य २.०५ र लगानी समुहको सेयर मूल्य २.०२ प्रतिशतले घटेको छ ।

    22.JPG

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १५:३१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij