Logo

२०८२ कार्तिक ४ गते मंगलवार

२०८२ कार्तिक ४ गते मंगलवार

दशैँ बिदापछि ह्वात्तै घट्यो शेयर बजार, ४ अर्ब ६२ करोडको कारोबार

दशैँ बिदापछि ह्वात्तै घट्यो शेयर बजार, ४ अर्ब ६२ करोडको कारोबार


  • 869
    Shares

    दशैँ बिदापछि ह्वात्तै घट्यो शेयर बजार, ४ अर्ब ६२ करोडको कारोबार
    images

    काठमाडौं । दशैं बिदापछिको पहिलो शेयर कारोबार आज भारी अंकले घटेर बन्द भएको छ । शेयर बजार नेप्से परिसूचक ५८.५५ अंकले घटेर २,६०४ को विन्दूमा कायम भएको छ । 

    आज दिनको १६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिन ३२६ कम्पनीको १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन सबै समुहको शेयर घटेकोमा अन्य समुह सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत २.७४, होटल तथा पर्यटन २.७२, विकास बैंक २.३८ र निर्जीवन बीमा समुहको शेयर मूल्य २.०४ प्रतिशतले घटेको छ ।

    21 share.JPG

     

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १५:२८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij