Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा विपद् व्यवस्थापन परिषद्‌को बैठक जारी

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा विपद् व्यवस्थापन परिषद्‌को बैठक जारी


  • 1.2K
    Shares

    प्रधानमन्त्री कार्कीको अध्यक्षतामा विपद् व्यवस्थापन परिषद्‌को बैठक जारी

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा जारी रहेको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा राष्ट्रिय परिषद्को बैठक बसेको हो । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा छलफल हुने भएको छ । 

    बैठकमा प्रधानमन्त्री, केन्द्रका मन्त्रीहरू, बागमती प्रदेशका मुख्यमन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख सहभागी रहेको छ ।  

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १३:२६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij