२०८२ माघ १२ गते सोमवार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक ३ स्थित भ्यू टावरमा साढे २५ करोडको क्षति भएको छ ।
सहरी तथा भवन निर्माण कार्यालय झापाका प्रमुख रमेश थिङले जानकारी दिएका छन्। एक अर्ब ६४ करोड खर्चेर बनाएको भ्यू टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ।
१८ तले भ्यु टावरको सबै सिसा फुटाएको, गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो । जान सक्ने अवस्था पनि नभएको भ्यू टावरको भित्र पनि आगो लगाइएको थियो ।
सर्वसाधारणको लागि श्रावण देखि खुल्ला गरिएको भ्यू टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको थियो । पहिलो एक महिनामा ६ हजार ७ सय १३ जनाले भ्यू टावर चढेर दृश्यावलोकन गरेका थिए भने २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ सङ्कलन भएको थियो ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij