२०८२ माघ १२ गते सोमवार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा-भैँसे हुँदै काठमाडौं जाने सडकमा बेलुका ६ देखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सबैखाले सवारी चलाउन रोक लगाएको छ।
निरन्तर वर्षा भएपछि विपद जोखिमका कारण १८असोजमा हेटौंडा - काठमाडौं जोड्ने सबै सडकमा सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सोमबार छोटोमार्गबाट मात्रै राति सवारी आवागमनमा रोक लगाएको हो।
सोमबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म उक्त रोकावट लगाइएको छ। आवतजावतमा रोक लगाइएको समयबाहेक अन्य समयमा यात्रा गर्दा उच्च सतर्कता एवं सावधानी अपनाई यात्रा गर्न समेत कार्यालयले अनुरोध गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij