२०८२ माघ १२ गते सोमवार
काठमाडौं । काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका-११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिएका छन्।
बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij