Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

अहिलेसम्मको इलाममा ३४ जनाको मृत्यु, गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

अहिलेसम्मको इलाममा ३४ जनाको मृत्यु, गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार


  • 1.5K
    Shares

    • images
    अहिलेसम्मको इलाममा ३४ जनाको मृत्यु, गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

    काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म ३४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जनाको मृत्यु भएको छ ।

    देउमाइमा २, फाकफोकथुपमा १, मान्सेबुङमा ३ माइजोगमाइमा ८ र सन्दकपुरमा ३ जनाको मृत्यु भएको छ । पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

    हालसम्म प्राप्त विवरणअनुसार  सूर्योदय नगरपालिका-१ बस्ने  करिब ६०-६५ बर्षकी मनमाया क्षेत्री, ११ बर्षकी रश्मीका क्षेत्री  छन् । त्यस्तै वतन नखुलेको अन्दाजी ४०-४५ वर्षकी महिला र बतन नखुलेको अन्दाजी १५-१६ बर्षकी वालिका छन् ।

    इलाम नगरपालिका ६ बस्ने २३ वर्षिय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ बर्षीय विराज पाख्रिन छन् । त्यस्तै ३२ बर्षिया अनु तामाङ ३२ बर्षिया प्रनिशिका मगर र ४ बर्षिय आरुष दनुवारको पनि मृत्यु भएको छ ।

    इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर–१ बाट दुईजनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    माङसेबुङको पातीगाउँमा पहिरोमा फसेकी एक जना गर्भवती र एक पुरुषलाई उद्धार गरेर उपचारको लागि धरान पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १३:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij