Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

अहिलेसम्मको इलाममा ३४ जनाको मृत्यु, गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

अहिलेसम्मको इलाममा ३४ जनाको मृत्यु, गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार


  • 988
    Shares

    अहिलेसम्मको इलाममा ३४ जनाको मृत्यु, गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार
    images

    काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म ३४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीलले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जनाको मृत्यु भएको छ ।

    देउमाइमा २, फाकफोकथुपमा १, मान्सेबुङमा ३ माइजोगमाइमा ८ र सन्दकपुरमा ३ जनाको मृत्यु भएको छ । पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

    हालसम्म प्राप्त विवरणअनुसार  सूर्योदय नगरपालिका-१ बस्ने  करिब ६०-६५ बर्षकी मनमाया क्षेत्री, ११ बर्षकी रश्मीका क्षेत्री  छन् । त्यस्तै वतन नखुलेको अन्दाजी ४०-४५ वर्षकी महिला र बतन नखुलेको अन्दाजी १५-१६ बर्षकी वालिका छन् ।

    इलाम नगरपालिका ६ बस्ने २३ वर्षिय समिर देउसाली, २३ वर्षीय प्रविन पाख्रिन र २३ बर्षीय विराज पाख्रिन छन् । त्यस्तै ३२ बर्षिया अनु तामाङ ३२ बर्षिया प्रनिशिका मगर र ४ बर्षिय आरुष दनुवारको पनि मृत्यु भएको छ ।

    इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर–१ बाट दुईजनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    माङसेबुङको पातीगाउँमा पहिरोमा फसेकी एक जना गर्भवती र एक पुरुषलाई उद्धार गरेर उपचारको लागि धरान पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १३:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij