Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर एक वृद्धा महिलाको मृत्यु

दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर एक वृद्धा महिलाको मृत्यु


  • 1.4K
    Shares

    दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर एक वृद्धा महिलाको मृत्यु

    काठमाडौं । बाढीले बगाएर ल्याएका दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर रौतहटमा एक वृद्धा महिलाको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका-८ निवासी ७५ वर्षीया पन्मा देवी रायको डुबेर मृत्यु भएको हो ।

    घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा मृतकको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताएका छन् ।

    यसै गरी बागमती नदीमै दाउरा टिप्ने क्रममा नदीले बगाएको एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १३:३२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij