Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न सञ्चार मन्त्रालयको अनुरोध

सञ्चार सेवा अवरुद्ध भएमा यी नम्बरमा सम्पर्क गर्न सञ्चार मन्त्रालयको अनुरोध


  • 1.4K
    Shares

    सञ्चार सेवा अवरुद्ध भएमा  यी नम्बरमा सम्पर्क गर्न सञ्चार मन्त्रालयको अनुरोध

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बर्षाजन्य जोखिम बढेको बेला सञ्चार सम्पर्कविच्छेद हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले शनिबार मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र संस्थाका पदाधिकारीहरूलाई तीन दिन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएका छन् भने सञ्चार सम्पर्क विच्छेद हुन नदिन र सञ्चारमा अवरोध भए तत्काल मर्मत संभार गरेर दूरसंचार सेवा सुचारू गर्न तयारी अवस्थामा रहन पनि निर्देशन दिएका हुन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै पनि भू-भागमा सञ्चार सेवा अबरुद्ध भएमा वा त्यस सम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक भएमा सम्पर्क गर्ने सकिने निकायको सम्पर्क नम्बर व्यवस्था गरेको छ ।

    त्यसका लागि सम्पर्क नम्बर दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - १८:५२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij