Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षा हुने सम्भावना, ४० जिल्लामा बाढीको उच्च जोखिम

आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षा हुने सम्भावना, ४० जिल्लामा बाढीको उच्च जोखिम


  • 2.2K
    Shares

    आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षा हुने सम्भावना, ४० जिल्लामा बाढीको उच्च जोखिम
    images

    काठमाडौं । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको  छ। 

    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका हुृन्। 

    जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ भने उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ ।

    आज बेलुका ७-८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना छ’, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा उनले भने, ‘त्यसकारण सबैलाई सचेत रहन बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन अनुरोध छ।’ 

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले भने, ‘काठमाडौंको हकमा विष्णुमती, बागमती, मनोहरा, नख्खु सबै नदीहरुमा बाढी सतर्कताको तह नजिक पुगेको छ, त्यस हिसाबले यी क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ,’  ‘आज बेलुका र भोलि विशेष सतर्कता जरुरी छ ।’

    २४ घण्टामा २०० एमएल पानी पर्ने सम्भावना रहेको उनले बताएका छन्। विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।

    यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोसिखमको सूचीमा राखिएको छ ।

    साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ पनि बाढीको उच्च जोखिममा छन् ।

    यसैगरी गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु उच्च जोखिममा छन् ।

    कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा राखिएको छ । अन्य धेरै जिल्लाहरुमा एल्लो अलर्ट जारी गरिएको छ। 

    भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेश हुँदै बग्ने केही ससाना नदीमा वहाव आकस्मिक बढ्नसक्ने पूर्वानुमान रहेको उनले बताएका छन्। 

    Flood-forecast-21.jpg

    Flood-forecast-1.jpg



    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - १३:०९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij