२०८२ कार्तिक १ गते शनिवार
काठमाडौं । तमोर करिडोरमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij