Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक

धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक


  • 848
    Shares

    धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक
    images

    काठमाडौं । पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ ।

    धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा-मुग्लिन सडक बन्द भएको छ । मुग्लिन-नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको हो ।

    मुग्लिन–नारायणगढको तुइन खोलामा सानो पहिरो खसेको थियो तर अहिले भने बाटो दुईतर्फी नै खुला रहेको प्रहरीले जनाएको छ । तर ढुङ्गा खस्ने क्रम जारी भएकाले यात्रामा जोखिम रहेकाले सवारी आवागमन रोकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरी यात्रामा जोखिम भएकाले आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सूचनामा लेखिएको छ, ‘चितवनको मुग्लिनस्थित तुइन खोलामा पहिरो लगायतका स्थानहरुमा ढुङ्गा खस्ने क्रम जारी रहेकाले सम्भावित जोखिमलाइ मध्यनजर गर्दै हाललाई ९बिहान ६स्०० बजेबाट० चितवनस्थित राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ,’ ।

    धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो ।

    त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो । तर फेरि करिब ६ बजेतिर माथिबाट पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    पानी परिरहेको र ढुंगा-माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । 

     

    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - ०८:२६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij