Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

मृत भेटिए प्रहरी जवान बलायर, टाउकोमा गम्भीर चोट

मृत भेटिए प्रहरी जवान बलायर, टाउकोमा गम्भीर चोट


  • 827
    Shares

    मृत भेटिए प्रहरी जवान बलायर, टाउकोमा गम्भीर चोट
    images

    काठमाडौं । डोटीमा एक प्रहरी जवान मृत फेला परेका छन् । नेपाल प्रहरीको जवान पदमा कार्यरत शङ्कर बलायर मृत फेला परेका हुन् ।

    केआई सिंह राजमार्ग अन्तरगत गोपघाट भन्ने ठाउँमा एक जना व्यक्ति लडेको भनी मध्यरातमा प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको छ । 

    बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    बलायर बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा आएका थिए ।

    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - ०८:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij