Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह


  • 1.3K
    Shares

    आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी रहेको प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ । 

    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - ०८:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij