Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

विपद् जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

विपद् जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन


  • 1.3K
    Shares

    विपद् जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

    आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण पछि उनले यस्तो निर्देशन दिएका हुन् ।

    निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी दिएका छन् ।

    निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताएका छन्।

    सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन उनले निर्देशन दिएका छन् ।

     

     

    प्रकाशित मिति :आश्विन १७ २०८२ शुक्रवार - १८:५०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij