Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

असोज २० सम्म अरनिको राजमार्गमा रातको समय सवारी चलाउन रोक

असोज २० सम्म अरनिको राजमार्गमा रातको समय सवारी चलाउन रोक


  • 1.5K
    Shares

    • images
    असोज २० सम्म अरनिको राजमार्गमा रातको समय सवारी चलाउन रोक

    काठमाडौं । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले आजदेखि असोज २० गतेसम्म तीन दिन रातिको समय अरनिको राजमार्गलगायत जिल्लाभित्रका मुख्य र सहायक राजमार्गहरु बन्द गरेको छ ।

    साँझ ७ बजेबाट विहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन जिल्लाभित्रका मुख्य र सहायक राजमार्गहरुमा सवारी चलाउन रोकेको हो ।

    प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाढी, पहिरो, डुवान, चट्याङ लगायतको उच्च जोखिम भएकोले पूर्वतयारी तथा प्रतिकार्यको लागि अरनिको राजमार्गलगायत जिल्ला भित्रका सबै मूख्य र सहायक राजमार्ग हरुमा रातको ७ बजेबाट विहान ५ बजेसम्म सबै प्रकारका सवारी (दमकल एम्बुलेन्स जस्ता अत्यावश्यक वाहेक) साधन संचालनमा रोक लगाउने निर्णय भएको हो ।

    उक्त अवधिभर बर्षाको मात्रा, क्षति र अन्य जोखीमको अवस्था विश्लेशण गरी सुरक्षा निकायले अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जनाएको छ ।

    त्यस्तै प्रशासनले क्षति र जोखिमको अवस्था हेरेर अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने सूचना जारी गरेको छ । नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल समेत जारी गर्दै सुरक्षा परिचालनको तयारी समेत पूरा भएको प्रशासनले जानकारी दिएको छ । 

    arni2.jpg

    प्रकाशित मिति :आश्विन १७ २०८२ शुक्रवार - १८:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij