Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते


  • 1.4K
    Shares

    • images
    महोत्तरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

    काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका-११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । 

    दुर्घटनामा पैदलयात्री बर्दिबास-१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर-१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको  इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले जानकारी दिए ।  

    दुर्घनामा बसमा सवार ४० जनाभन्दा बढी घाइते भएका र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । 

     

    प्रकाशित मिति :आश्विन १७ २०८२ शुक्रवार - १४:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij