Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु


  • 1.0K
    Shares

    • images
    माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

    सर्लाही । सर्लाहीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ। 

    सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले दिएको जानकारीअनुसार आज (बुधबार) बिहान सवा ९ बजेतिर हरिपूर्वा नगरपालिका वडा नम्बर १ स्थित हर्दी खोलाकिनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको हो। 

    ढिस्कोले पुर्दा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ६ वर्षीया सविवा खातुनको मृत्यु भएको एसपी खड्काले बताए। 

    ‘अन्य ३ जना घाइते पनि भएको जानकारी प्राप्त भएको छ, तर डिटेल आइसकेको छैन’, उनले भने। उनका अनुसार चारै जनाको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। 

    घटनास्थलमा प्रहरी पुगेर थप विवरण लिने काम गरिरहेको एसपी खड्काले बताए। घटनास्थल सर्लाही र महोत्तरीको सीमामा पर्छ। 

    प्रकाशित मिति :आश्विन १५ २०८२ बुधवार - १२:१०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij