Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर, कुन मुद्राको विनिमयदर कति?

आज सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर, कुन मुद्राको विनिमयदर कति?


  • 1.2K
    Shares

    आज सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर,  कुन मुद्राको विनिमयदर कति?
    images

    नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

    आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। शनिबार निधारित विनिमयदरमै आज पनि विदेशी मुद्राहरुको काराोबार हुनेछ। 

    आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

    यही असोज ८ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो।

    त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा छ। त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा छ। 

    त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा छ। त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ २७ र बिक्रीदर ४६५ रुपैयाँ २४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५१ र बिक्रीदर ४६५ रुपैयाँ ४७ पैसा थियो। 

    आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा छ। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

    प्रकाशित मिति :आश्विन १२ २०८२ आइतवार - ०५:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij