Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

जेनजी आन्दोलनमा २३ सय जना घाइते भएको तथ्यांक, घाइतेको वर्गीकरण गर्न कार्यदल गठन

जेनजी आन्दोलनमा २३ सय जना घाइते भएको तथ्यांक, घाइतेको वर्गीकरण गर्न कार्यदल गठन


  • 1.5K
    Shares

    जेनजी आन्दोलनमा २३ सय जना घाइते भएको तथ्यांक, घाइतेको वर्गीकरण गर्न कार्यदल गठन
    images

    काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक निकालिएको छ। गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका आधारमा यो तथ्यांक निकालेको उच्च स्रोतले जनाएको छ।

    त्यस्तै यी घाइतेहरूको उपचार गर्न सरकारले 'डेडिकेटेड' अस्पताल तोक्ने भएको छ। यसबारे भने शनिबार गृह मन्त्रालयले नै विज्ञप्ति जारी गरी जानकारी दिएको छ। स्रोतका अनुसार काठमाडौंमा पाटन, महाराजगन्ज टिचिङ, वीर र सिभिल अस्पताल तोकिने भएको छ। काठमाडौं उपत्यका बाहिर प्रादेशिक अस्पतालहरूमा यस्तो व्यवस्था मिलाइनेछ।

    'गृह र स्वास्थ्य सचिव सहितको टिमले जेनजी आन्दोलनमा घाइते भएकाहरूको प्रारम्भिक तथ्यांक निकालेको हो। त्यही टिमले उनीहरूको परिचय पत्र बनाए उपचारका निम्ति अस्पताल पनि तोकेको छ,' स्रोतले भन्यो।

    घाइते सबैलाई परिचय पत्र वितरण गरिने पनि मन्त्रालयले जनाएको छ। यस्तो परिचय पत्र तोकिएका अस्पतालमा भएको जेनजी आन्दोलनका घाइतेका निम्ति खडा गरिएको डेस्कमा बनाउन सकिनेछ। यस्ता घाइतेको मात्रै उपचार गर्न अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिने पनि मन्त्रालयले जनाएको छ।

    परिचयपत्र बनाइसकेपछि त्यस्ता घाइतेको उपचारमा सहजीकरण गर्न अस्पतालमा सम्पर्क व्यक्तिसमेत तोकिनेछ। घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने मन्त्रालयले जनाएको छ।

    पुनः परीक्षणमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइनेछ। एम्बुलेन्स नभएको अवस्थामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को समन्वय गरी सवारी साधन पठाउने व्यवस्था मिलाइने पनि स्रोतले जानकारी दियो। मन्त्रालयका अनुसार यसको प्रक्रिया आइतबारदेखि नै थालनी हुनेछ। 

    प्रकाशित मिति :आश्विन ११ २०८२ शनिवार - २१:४२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij