२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन्।
शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब आफू अध्यक्ष नरहेको घोषणा गरेका हुन्। उनले आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताएका छन् ।
उनले भने, ‘आज केन्द्रिय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’
नेकपा ९माओवादी केन्द्र० को केन्द्रिय समिति बैठक बिहीवारदेखि काठमाडौंमा जारी थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij