Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

मुलुकलाई निकास दिन दलहरुले बढि भुमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

मुलुकलाई निकास दिन दलहरुले बढि भुमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी


  • 1.2K
    Shares

    • images
    मुलुकलाई निकास दिन दलहरुले बढि भुमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भुमिका खेल्नुपर्ने बताएका छन् ।

    शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आवश्यक्ता औल्याएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैँ रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताएका छन्। उनले मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गरेका छन् ।

    राजनीतिक दलहरुले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष रहेको थियो । भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भुमिका निर्वाह गर्नुपर्ने समेत बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १७:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij