Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

दसैँ, तिहार र छठमा वालेटबाट दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सकिने

दसैँ, तिहार र छठमा वालेटबाट दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सकिने


  • 806
    Shares

    • images
    दसैँ, तिहार र छठमा वालेटबाट दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सकिने

    काठमाडौं । मोबाइल वालेटबाट गर्न पाउने दैनिक कारोबार सङ्ख्याको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले चाडबाडलाई लक्षित गर्दै यो सीमालाई अस्थायी रूपमा वृद्धि गरेको हो । 

    अहिले प्राकृतिक व्यक्तिले वालेटबाट दिनमा बढीमा १० पटकसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था छ । यसलाई बढाएर अधिकतम दैनिक ४० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको छ । 

    यो व्यवस्था असोज १३ गतेदेखि पूर्णिमाको दिनसम्मतिहार र छठका अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।  बैंकले डिजिटल दक्षिणा भुक्तानीलाई सहज गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो । 

    अहिले डिजिटल वालेटमा करिब दुई दर्जन कम्पनी सञ्चालनमा रहेका छन् । ईसेवा, खल्ती, नमस्ते पे लगायत वालेट अहिले सबैभन्दा धेरै प्रचलनमा छन् ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १०:५५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij