Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

बिहानै सिन्धुपाल्चोकमा दूध बोकेको भ्यान सुनकोसीमा खसेर बेपत्ता

बिहानै सिन्धुपाल्चोकमा दूध बोकेको भ्यान सुनकोसीमा खसेर बेपत्ता


  • 946
    Shares

    • images
    बिहानै सिन्धुपाल्चोकमा दूध बोकेको भ्यान सुनकोसीमा खसेर बेपत्ता

    अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ बलेफीस्थित दूध बोकेको भ्यान आज (शुक्रबार) बिहान सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ।

    सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवराज खरेलका अनुसार आज बिहान ५:२० बजेतिर बा १२ च ६५९४ नम्बरको मारुती भ्यान सुनकोसी नदीमा खसेर हराइरहेको हो। 

    बलेफी गाउँपालिकाकै वडा नम्बर ५ बाट दूध लिएर खाडीचौरतर्फ जाँदै गर्दा भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोसी नदीमा खसेको उनले बताए। ‘गाडीमा चालक मात्र थिए’, डीएसपी खरेलले भने, ‘चालक काभ्रेको पनौती नगरपालिका–१०, पस्थलीका अन्दाजी २३ वर्षीय नवराज खुलाल भन्ने खुलेको छ।’ 

    चौतारा साँगाचोकगढी–१०, सुकेटेस्थित सिन्धु दूध डेरीको बेपत्ता भ्यानको खोजी भइरहेको उनले बताए। 

    खोजीमा सशस्त्र प्रहरी बल १६ नम्बर गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापनसहितको सुरक्षाफौज खटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - ०९:५५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij