२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सरकारले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले पासपोर्ट रोक्का गर्न लागिएको एक मन्त्रीले बताएका छन् ।
सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij