Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

धनुषामा १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प

धनुषामा १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प


  • 659
    Shares

    धनुषामा १८ पालिकाको खाता सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प
    images

    काठमाडौं । धनुषाका जिल्लाका १८ पालिकाको खाता  सञ्चालनमा नआउँदा आर्थिक कारोबार ठप्प भएको छ । यसबाट विशेष गरेर  कर्मचारी समस्यामा परेका छन् । 

    कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार जिल्लाका एक उपमहानगरपालिका, ११  नगरपालिका तथा छ गाउँपालिकाको खाता  सञ्चालनमा नआएको हो । चालु आर्थिक वर्ष बितेको दुई महिना  भए पनि स्थानीय तहको खाता नखुल्दा कर्मचारीले तलब सुविधादेखि विकास निमार्णको कार्यसमेत ठप्प भएको छ । 

    साथै बजेट खर्चसम्बन्धी आर्थिक कारोबार नभएको सो कार्यालयले जनाएको छ । स्थानीय तहको खाता  सञ्चालनका लागि नगरसभा वा गाउँसभा सम्पन्न गर्नुपर्ने, आर्थिक र विनियोजन विधेयक पारित गर्नुपर्ने, चालु वर्षको बजेट पारित गर्नुपर्ने तथा अघिल्लो वर्षको खर्चको हिसाब बुझाएर मात्र खाता मिलाउनुपर्नै कानुनी प्रावधान रहेको सो कार्यालयले जनाएको छ । 

    धनुषाका अधिकांश स्थानीय पालिकाले ती प्रक्रिया पूरा नगरेकोले खाता बन्द रहेको छ । सो कार्यालयका अनुसारले  १८ पालिकामध्ये १० पालिकाले चालु आर्थिक वर्ष २०८२\८३ को बजेटसमेत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायमा पेस नगरेको बताइएको छ । 

    खाता सञ्चालनमा नआउँदा स्थानीय विकास निमार्णका योजना सञ्चालन गर्न समेत समस्या भएको बताइएको छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १६:०८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij