Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

फूलपातीमा रिलिज हुने ३ नेपाली फिल्मलाई हलले कति दिए शो?

फूलपातीमा रिलिज हुने ३ नेपाली फिल्मलाई हलले कति दिए शो?


  • 1.1K
    Shares

    फूलपातीमा रिलिज हुने ३ नेपाली फिल्मलाई हलले कति दिए शो?

    काठमाडौं । असोज १३ गते दसैँकाे फूलपातीबाट प्रदर्शन हुने फिल्महरूको अग्रिम बुकिङ खुला भएको छ। हलहरूले ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ को शो बाँडफाड गर्दै अग्रिम बुकिङ खुला गरेका हुन्।  

    देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘बलिदान’ लाई करिब सय शो उपलब्ध गराएको छ। त्यसैगरि, ‘माइतीघर’ लाई ४८ र ‘हरिबहादुरको जुत्ता’ लाई ४७ शो उपलब्ध गराएको हो। 

    दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजसहित वान सिनेमाज, बिग मुभिजले पनि यी फिल्मको शो खुलाइसकेका छन्। जहाँ अरू फिल्मको तुलनामा ‘बलिदान’ लाई बढी शो प्रदान गरिएको छ। सन्तोष सेनको निर्देशन र लगानी रहेको फिल्म ‘बलिदान’ मा समीर भट्ट मुख्य भूमिकामा छन्।

    फूलपातीमा हलहरूले बिहानदेखि मध्यरातसम्म शो उपलब्ध गरेका छन्। क्युएफएक्सले बिहान साढे पाँचदेखि राति ११:५५ सम्मका शो राखेका छन्। 

    मिलन तामाङ निर्देशित फिल्म ‘माइतीघर’ मा उपासना सिंह ठकुरी, धिरज मगर, श्यामाश्री शेर्पा, केदार घिमिरे, प्रकाश सपुत मुख्य भूमिकामा छन्। त्यसैगरि, दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिका खड्का, प्रकाश सपुतको लिड रोल छ।

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १४:११:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij