२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको ओसीएस मोड्युलुमा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो ।
यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ । फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।
नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको उनको भनाइ रहेको छ ।
अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ । ‘भ्वाइसको समस्या पिनप्वाइन्ट भयो, यो समाधान भइसकेको छ । उनले भने, डाटा अझै डिस्टर्ब, प्राविधिक साथीहरु यसमा दिलगिरहनुभएको छ, छिटै समस्या समाधान होला,’ ।
ओसिएस मोड्युल भनेको बिलिङ गर्ने सिस्टम हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij