Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोल्यो खाता

भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोल्यो खाता


  • 1.6K
    Shares

    भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोल्यो खाता
    images

    काठमाडौं । २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा भएको भौतिक संरचना निर्माण गर्न सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ सञ्चालनमा ल्याएको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालनमा ल्याइएको हो । 

    भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ । आगजनी र तोडफोड भई सरकारी सम्पत्तिको ठूलो क्षति भएको छ । सहकार्य रकम क्यूआर कोर्डमार्फ पनि भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ । 

    प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, संघीय सरकार, गैर आवासीय नेपाली समुदाय, छिमेकी राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन सकिनेछ । 

    यो कोष सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयका सचिव र यही मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको हुने भएको छ ।

    pas-1758717355.jpg

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १८:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij