Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका संचालक शर्मा पक्राउ

नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका संचालक शर्मा पक्राउ


  • 1.5K
    Shares

    • images
    नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका संचालक शर्मा पक्राउ

    काठमाडौं । शिव शिखर बहूद्देश्यीय सहकारीका संचालक केदारनाथ शर्मा पक्राउ परेका छन्। जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सिआइबी०ले ललितपुरको सानेपाबाट पक्राउ गरेको हो। 

    भक्तपुरमा रहेको शिव शिखर सहकारीको बचत रकम हिनामिना९सहकारी ठगी० प्रकरणमा शर्मालाई भक्तपुर जिल्ला अदालतसमेतको आदेशले पुर्पक्षका लागि थुनाको आदेश दिएको थियो। जसअनुसार उनी नख्खु काराकारमा थुनामा थिए। 

    भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किँदा उनीसँगै शर्मा पनि निस्केर फरार थिए। 

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १६:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij