Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन आयात

वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन आयात


  • 624
    Shares

    वीरगञ्ज नाका हुँदै दुई महिनामा ७ अर्बका सवारीसाधन आयात
    images

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख मूल्यबराबरका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । 

    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा उक्त नाकाबाट १ अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको उक्त अवधिमा ५ अर्ब २५ करोडका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका थिए । 

    कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आर्थिक वर्षको २ महिनामा यो नाका हुँदै सवारीसाधनको आयात उत्साहजनक भएको बताएका छन् । “गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्वमा समेत वृद्धि भएको छ ।”

    गत आर्थिक वर्षको २ महिनामा सवारीसाधनको आयातबाट ४ अर्ब ४७ करोड ७६ लाख राजस्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको २ महिनामा सवारीसाधनको आयातबाट ६ अर्ब १३ करोड ९२ लाख राजस्व संकलन भएको छ ।

    चालु आर्थिक वर्षको २ महिनामा ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा रु ५१ करोड ६२ लाख मूल्यका २९५ वटा जीप, कार र  भ्यान आयात भएको थियो । 

    चालु आवको २ महिनामा २ अर्ब ७९ करोडका २० हजार ६२० थान अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ८५ करोड मूल्यका १४ हजार ७६६ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएको छ ।

    चालु आवको १ महिनामा ६६ करोड ४३ लाख मूल्यका ३१८ वटा अन्य बस ट्रकका चेसिस आयात भएको कार्यालयको भनाइ छ । 

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १३:५०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij