Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

आर्थिक अवस्था कमजोर भएका सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने

आर्थिक अवस्था कमजोर भएका सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने


  • 715
    Shares

    आर्थिक अवस्था कमजोर भएका सार्वजनिक संस्थानमा  सरकारले थप लगानी नगर्ने

    काठमाडौं । अर्थ मन्त्रालयका अनुसार सरकारले प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायताबाट सञ्चालित आयोजना र नागरिकप्रतिको दायित्व वहन गर्नुपर्ने विषयका आयोजनाका लागि मात्र सार्वजनिक संस्थानमा सेयर तथा ऋण लगानी गर्ने निर्णय गरेको छ ।

    असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठक गरेको निर्णयअनुसार मन्त्रालयले यस्तो नीति लिएको हो । नेपाल सरकारले अब आर्थिक अवस्था कमजोर भएका तथा सावाँरव्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने भएको छ ।

    सरकारले यस्तो रोक्का अवधि भर नेपाल सरकारका लगानी भएका संस्थाहरूले हकप्रद तथा थप सार्वजनिक निष्कासन (एफपीओ) सेयर जारी गर्न रोक्का गर्ने निर्णय पनि सरकारले गरेको छ ।

    मन्त्रालयले नेपाल सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेको साँवा तथा ब्याज असुल उपर गर्न सम्बन्धित मन्त्रालयलाई तदारुकता देखाउन  निर्देशन समेत दिएको छ । 

     

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १२:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij