२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । सरकारले जेनजी आन्दोलनका कारण मन्त्रालय तथा केन्द्रीय निकायहरूलाई मातहतका विभाग वा निकायका पुरानै सवारी साधन प्रयोग गर्ने निर्देशन दिएको छ ।
अर्थ मन्त्रालयका अनुसार आन्दोलनको क्रममा देशभरका सरकारी निकायमा रहेका धेरै गाडीमा आगजनी भए पनि तत्काल खरिद नगर्ने निर्णय भएको छ । सरकारले सवारी साधनको उपयोगको सम्बन्धमा व्यापक खर्च कटौती गर्ने निर्णय गरेको छ ।
सरकारले सवारी सुविधा सम्बन्धी सम्बन्धित कानुनमा सङ्ख्या किटान भएकोमा बाहेक सवारी सुविधा पाउने राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई एक भन्दा बढी सवारी साधन उपलब्ध नगराउनेरप्रयोग नगर्ने निर्णय गरेको छ ।
त्यस्तै, सवारी साधन क्षति भएका मन्त्रालय एवम् केन्द्रीय निकाय तथा कार्यालयले आफ्नो मातहतका विभाग, निकाय वा कार्यालयहरूमा भएका सवारी साधनबाटै व्यवस्थापन गर्ने निर्देशन दिएको छ ।
सवारी सुविधा पाउने पदाधिकारी तथा कर्मचारीलाई सवारी सुविधा व्यवस्थापन सम्बन्धी छुट्टै मापदण्ड ४५ दिनभित्र तयार गरी सोही बमोजिम व्यवस्थापन गरिने मन्त्रालयले जानकारी दिएको छ । नयाँ खरिद वा पुराना बाँकी सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा गर्ने पनि निर्देशन दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij