Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

दुई महिनामा साढे ३ खर्बको वैदेशिक व्यापार, घाटा ८.२९ प्रतिशतले बढ्यो

दुई महिनामा साढे ३ खर्बको वैदेशिक व्यापार, घाटा ८.२९ प्रतिशतले बढ्यो


  • 1.1K
    Shares

    दुई महिनामा साढे ३ खर्बको वैदेशिक व्यापार, घाटा ८.२९ प्रतिशतले बढ्यो
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को दुई महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

    भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई महिनामा कुल वैदेशिक व्यापार ३ खर्ब ५२  अर्ब ४७ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । 

    कुल वैदेशिक व्यापार मध्ये ३ खर्ब ५ अर्ब १५  करोड रुपैयाँ बराबरको आयात भएको छ भने ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । 

    गत वर्षको तुलनामा ८८.५७ प्रतिशतले निर्यात बढेको छ भने १६.२३ प्रतिशतले आयात बढेको छ । गत वर्ष यसै अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको आयात भएको थियो भने २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात भएको विभागले जानकारी दिएको छ । 

    यो अवधिमा निर्यात बढे पनि देशको व्यापार घाटा ८.२९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ  ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १६:०४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij