२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।
गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ भने उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार मुख्यसचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गरेका कार्यालय स्रोतले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij