Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनःउत्थान पनि आवश्यक छः लगानी बोर्ड सिइओ ज्ञवाली

भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनःउत्थान पनि आवश्यक छः लगानी बोर्ड सिइओ ज्ञवाली


  • 743
    Shares

    भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनःउत्थान पनि आवश्यक छः लगानी बोर्ड सिइओ ज्ञवाली

    काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । 

    नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुनःनिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका छन् । भूकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिँदा सफल भएको बताउँदै उहाले भूकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अब पनि आत्मबल बढाएर गरेर अघि बढ्नु पर्ने बताएका छन् । 

    सरकारले अबका कार्यक्रम बनाउँदा आर्थिक क्षेत्रसँग जोडर बनाउनुपर्ने बताउँदै उनले युवालाई शिक्षा सीपसहित विकास गर्न आवश्यक रहेको बताएका छन्। नेपालको संविधानले ३ तहको सरकारको परिकल्पना गरेको छ । जेनजी आन्दोलनपछि केन्द्रिय सरकासँग बढी अपेक्षा गरिएको भएपनि  प्रदेश र स्थानीय तहमार्फत धेरै विषय समस्या समाधान गर्न सकिने ज्ञावलीले बताएका छन् ।

    सरकारी नीति नियमको कारण परिणाममा भन्दा प्रक्रियामा भुल्ने गरेकोमा परिवर्तन हुनुपर्ने बताउँदै उनले बैदेशिक लगानी भित्राउनको लागि सार्वजनिक निजी साझेदारीको मोडलमा नै अघि बढ्नुपर्ने बताएका छन् । 

    लगानी बोर्डको संरचना नै परिवर्तन गरेर बोर्डमा सरकार र विपक्षी दलसहितका प्रतिनिधि हुनेगरी अघि बढेको र अब त्यसमा थप छलफल गरेर टुंगाउनुपर्ने उनको भनाइ रहेको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १३:४६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij