Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

३७ हजार २६ उजुरी: आधाभन्दा बढी प्रतिवादी सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधि ४८ जनाविरुद्ध मुद्दा

३७ हजार २६ उजुरी: आधाभन्दा बढी प्रतिवादी सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधि ४८ जनाविरुद्ध मुद्दा


  • 1.0K
    Shares

    ३७ हजार २६ उजुरी: आधाभन्दा बढी प्रतिवादी सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधि ४८ जनाविरुद्ध मुद्दा

    काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमिततासम्बन्धी दर्ता गरेका मुद्दाका प्रतिवादीमा आधाभन्दा बढी कर्मचारी छन्। अख्तियारले ७ सय ५३ प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमा ३ सय ९२ कर्मचारी प्रतिवादी बनाइएका छन्।

    निर्वाचित जनप्रतिनिधि ४८ जनाविरुद्ध मुद्दा परेका छन्। राजनीतिक नियुक्ति १८, विभिन्‍न उपभोक्ता तथा व्यवस्थापन समितिका पदाधिकारीलगायत, संस्था र अन्य गरी २ सय ९५ रहेका छन्। कर्मचारीमा पनि विशिष्ट श्रेणीका १, सहसचिव वा सो सरहका २४ जनाविरुद्ध मुद्दा दर्ता भएका छन्।

    त्यस्तै, उपसचिव वा सो सरह ५४ र शाखा अधिकृत वा सो सरह १ सय ७२ र सहायकस्तरका १ सय ४१ जना रहेका छन्। अख्तियारले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनअनुसार अघिल्लो वर्ष ९ सय ४७ वटा फाइलहरूको विस्तृत अनुसन्धान सम्पन्‍न भएका थिए। जसमा १ सय ३७ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ। मुद्दा दर्ता भएमध्ये भ्रष्टाचारजन्य कसुरमा १ सय ३५ वटा र सम्पत्ति शुद्धीकरण कसुरमा २ वटा छन्। भ्रष्टाचारजन्य कसुरमा दायर भएका मुद्दामध्ये सबैभन्दा बढी अर्थात् ३७ वटा मुद्दा घुस रिसवतसम्बन्धी रहेका छन्। 

    गैरकानुनी लाभहानिसम्बन्धी ३५ वटा, झुटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, र विविध विषयका ४ वटा मुद्दा रहेका छन्। जसमा ९४ जना महिला, ६ सय १९ जना पुरुष र ४० संस्था गरी कुल ७ सय ५३ प्रतिवादीविरुद्ध कैद, सजाय र जरिबानाका अतिरिक्त जम्मा ६ अर्ब १ करोड ८४ लाख ७२ हजार ६ सय ९२ रुपैयाँ ९३ पैसा बिगो मागदाबी लिइएको प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए। 

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - ०९:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij