Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

अनाहक संसद विघटन गरियो,संविधानभित्रबाट गरिएको परिवर्तन नै दिगो र दरिलो हुन्छः अध्यक्ष मिश्र

अनाहक संसद विघटन गरियो,संविधानभित्रबाट गरिएको परिवर्तन नै दिगो र दरिलो हुन्छः अध्यक्ष मिश्र


  • 1.4K
    Shares

    अनाहक संसद विघटन गरियो,संविधानभित्रबाट गरिएको परिवर्तन नै दिगो र दरिलो हुन्छः अध्यक्ष मिश्र

    काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाए ।

    आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो । उनले संसद विघटन गर्न नहुने बताए। परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने बताए। 

    ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने बताए। आन्दोलनले कुनै संविधान, कानून नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँधिनुपर्ने बताए। नत्र वैधता प्राप्त गर्न नसक्ने उनको भनाइ रहेको छ ।

    उनले फागुन २१ गते नै निर्वाचन हुनेबारे विश्वस्त रहेको बताए भने अहिलेको संसद निन्द्राको अवस्थामा गएको बताए।

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १७:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij