२०८२ माघ १२ गते सोमवार
काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरुले आन्दोलनलाई हाइज्यक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरुले आईतवार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलनका घाइतेहरुले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिएका छन् । जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ-आफ्नै माग राखिरहेका छन् । जसमा राजनीतिक दलमा आवद्ध युवाहरुले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ ।
वास्तविक जेनजी पुस्ता आफूहरु रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij