Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चीनको अनियन्त्रित रकेट मालदिभ्स नजिकैको महासागरमा खस्यो

चीनको अनियन्त्रित रकेट मालदिभ्स नजिकैको महासागरमा खस्यो


  • 6.9K
    Shares

    चीनको अनियन्त्रित रकेट मालदिभ्स नजिकैको महासागरमा खस्यो

    चीनको अनियन्त्रित रकेट मालदिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ ।

    चिनियाँ संचारमाध्यमका अनुसार अन्तरिक्षमा अनियन्त्रित भएर पृथ्वीमा खसेको रकेटको धेरै भाग वायुमण्डलमा प्रवेश गरेसँगै जलेको थियो । सो रकेट चिनियाँ समयअनुसार राति १० बजेर १२ मिनेटमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो ।

    चीनले गत २९ अप्रिलमा उक्त लङ मार्च ५बी रकेट हाइनान टापुबाट प्रक्षेपण गरेको थियो । सो रकेटले स्पेस स्टेसनको प्रमुख मोड्युल पृथ्वीको तल्लो कक्षमा लगेको थियो ।

    अनियन्त्रित भएर खसेको सो रकेटले मानववस्तीमा विध्वँश मच्चाउने त्रास विश्वभर छाएको थियो । तर हिन्द महासागरमा रकेटका टुक्राहरु खसेसँगै सो त्रास टरेको छ ।

    अमेरिकाको यूएस स्पेस कमान्डले पनि वायुमण्डलमा चिनियाँ रकेट प्रवेश गरेको बताएको छ । तर त्यो कहाँ खस्यो भनेर केही बताएको छैन ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १३:३१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij