Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्याङ्जामा थप २ जना कोरोना संक्रमितको मृत्यु

स्याङ्जामा थप २ जना कोरोना संक्रमितको मृत्यु


  • 5.4K
    Shares

    स्याङ्जामा थप २ जना कोरोना संक्रमितको मृत्यु

    स्याङजा । स्याङ्जामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  दुबैजना संक्रमितको उपचारका क्रममा निधन भएको हो ।

    वालिङ नगरपालिकाका एक पुरुष र गल्याङ नगरपालिकाका एक महिलाको कोरोना उपचारका क्रममा शनिबार मृत्यु भएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ ।

    वालिङ्का ३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यसैगरी, गल्याङ नगरपालिका ३ का ६० वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ती महिलामा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    योसँगै दोस्रो चरणको कोरोना संक्रमणका कारण स्याङजामा ७ जनाको मृत्यु भइसकेको छ । जिल्लाका संक्रमितको संख्या ४ सय ७१ रहेको स्वास्थ्य कार्यालय प्रमुख बिष्णुप्रसाद सुवेदीले जानकारी दिए । 

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १३:२३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij