Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

विद्यालय शिक्षा विधेयक माथि छलफल गर्न समितिको बैठक आज बस्दै, निजी विद्यालय सञ्चालक भने आन्दोलनमा

विद्यालय शिक्षा विधेयक माथि छलफल गर्न समितिको बैठक आज बस्दै, निजी विद्यालय सञ्चालक भने आन्दोलनमा


  • 1.2K
    Shares

    विद्यालय शिक्षा विधेयक माथि छलफल गर्न समितिको बैठक आज बस्दै, निजी विद्यालय सञ्चालक भने आन्दोलनमा

    काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ।

    निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन र प्याब्सनले विधेयकप्रति असहमति जनाउँदै ५ बुँदे मागसहित आन्दोलनमा उत्रिएको बेला आज समितिको बैठक बस्न लागेको । 

    दुवै संस्थाले ५ बुँदे माग अघि सार्दै ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने, पोसाक तथा स्टेशनरी उपलब्ध गराउनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गरेका छन्।

    आज बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्‍याली गर्ने र कोणसभा गर्ने, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा  काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्‍याली गर्ने तय भएको छ । 

    माग सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्।

    यता शिक्षक महासंघले पनि  विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानमा असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । यस्तो अवस्थामा आज बस्न लागेको शिक्षा समितिको बैठकलाई चासोपूर्वक हेरिएको छ ।

    प्रकाशित मिति :भाद्र ५ २०८२ बिहिवार - ०६:४१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij