२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २२ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।
कार्कीका अनुसार आज दिउँसो रौतहटको यमुनामाइ गाउँपालिका-५ का २२ वर्षीय सहाबुद्दीन मियामाथि छुरा प्रहारपछि गम्भीर घाइते भएका युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताएका छन् ।
घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ भने पक्राउ पर्नेमा गौर नगरपालिका(३ का युवक मनोज राम रहेका छन् ।
पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij